प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी डाक्टर बिहीन

kolti photoबाजुरा, २४ भदौ । बाजुरा जिल्लाको कोल्टी क्षेत्रमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र दुई वर्ष यता डाक्टर बिहीन छ । दरबन्दी भएपनि डाक्टरहरु बिभिन्न बहाना बनाएर केन्द्रमा नजाने गरेको स्थानीयको आरोप छ ।
केन्द्रमा स्वास्थ्य विभागले डाक्टरको दरबन्दी कायम गरेको धेरै वर्ष बितिसकेको छ । यद्यपि, विभागले कोल्टीमा डाक्टर पठाउन कुनै दवाव दिने गरेको छैन ।
जन–स्वास्थ्य कार्यालय बाजुराका डा.विश्वराज बरालले कोल्टीमा डाक्टर पठाउने तर्फ चासो पनि दिएका छैनन् ।
बाजुरामा हुम्ला, जुम्ला, मुगु र कालीकोटका जनताले सेवालिने गरेको केन्द्र सिनियर अहेव र अनमिको भरमा चल्दै आएको छ ।
एक/एक जना डाक्टर, स्टाप नर्स र ल्याबको दरबन्दी केन्द्रमा छ ।
जुकोटका स्थानीय रत्न शाहीले केन्द्रमा दरबन्दी अनुसारका डाक्टर र कर्मचारी पठाउन सम्बन्धित निकायसँग माग गरे ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा.ज्ञानेन्द्र दवाडीले विभिन्न कारणले केन्द्रमा डाक्टर पठाउन समस्या भएको बताए । केन्द्रमा दैनिक १ सय ५० बढि विरामी उपचारका लागि आउने गर्छन् ।

प्रतिक्रिया