‘जी टिभी’मा ‘बुद्ध’का बारेमा गलत सन्देश

Zee tv Buddhaकाठमाडौं, २३ भदौ । भगवान बुद्ध भारतमा जन्मिएको गलत सन्देशसहितको ‘बुद्ध’ सम्बन्धि टेलिसिरियल प्रशारण गर्ने ‘जी टिभी’लाई नेपालमा प्रशारण रोक लगाईएको छ ।
भारतीय टेलिभिजन च्यानल ‘जी टिभी’मा आज (आइतबार) बाट प्रशारण भएको टेलिश्रङ्खला ‘बुद्ध’लाई नेपालमा रोक लगाइएको हो ।
भगवान ‘बुद्ध’ बारे गलत भ्रम सिर्जना गरिएको आशंकामा आज (आईतबार)को टेलिश्रङ्खलालाई देशभर प्रशारणमा रोक लगाएको नेपाल केवल महासंघका अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए ।
भगवान ‘बुद्ध’को जन्मस्थान लगायतका विषयमा टेलिश्रङ्खलाले गलत सन्देश र दृश्य राखिएको आरोप लागेको छ ।
सो विषयमा सूचना तथा सञ्चार मन्त्रालयले केही प्रतिकृया दिएको छैन । यद्यपि, केवुल सञ्चालकहरुले आफै सर्तक रहेर ‘बुद्ध’ सम्बन्धि गतल सन्देश रोक्न ‘जी टिभी’को प्रशारणमा रोक लगाएको पराजुलीको भनाई छ ।
यसअघि सो टेलिश्रङ्खलाका निर्माता बिके मोदीले ‘बुद्ध’का विषयमा आएका सन्देशले नेपालीहरु आक्रोशित बनेका कारण आफूहरु कम्तिमा आजको श्रङ्खला रोक्ने निर्णयमा पुगेको पराजुलीले बताए ।
यसैबीच, भगवान ‘बुद्ध’ भारतमा जन्मिएका थिए भनेर अभिव्यक्ति दिने ‘बुद्ध’ श्रंखलाका कलाकार कवीर वेदीले पनि माफी मागेका छन् । उनले आफ्नो ट्वीटर मार्फत गल्ती बोलेको उल्लेख गर्दै भगवान बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको बताएका छन् ।

प्रतिक्रिया