राजनीतिक प्रतिशोधसाध्न ‘ल फर्म’मा छापा

Shambhu Thapaकाठमाडौं, २३ भदौ । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले अधिवक्ता शम्भु थापाको ‘ल फर्म’मा छापामारेको सम्बन्ध्मा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेकपा–माओवादीका सचिव देव गुरुङले आज (आइतबार) मोर्चाका तर्फबाट विज्ञप्ति जारी गरेर ‘ल फर्म’मा छापामारेको विषयप्रति आपत्ति जनाएका हुन् । उनले खिलराज रेग्मी सरकारले आफ्ना बिरोधीलाई छानेर मुद्दा लगाउन थालेको आरोप लगाए ।
राजश्व अनुसन्धान विभागले भदौ–२१ गते शुक्रबार एक्कासि ‘ल फर्म’मा छापा मारेर विल, कम्युटरलगायतका सामाग्री नियन्त्रणमा लिएको थियो ।
मोर्चाले राजनीतिक प्रतिशोध स्वरुप आतङ्कित पार्न थापाको ‘ल फर्म’मा छापामारेको दाबी गरेको छ ।
यसैबीच, नेपाल बार एसोशिएसनले अधिवक्ता थापाको ‘ल फर्म’मा राजश्वले छापामारेको बिरोधमा धर्ना दिएको छ । धर्नाका क्रममा अधिवक्ताहरुले कानूनको उलंघन गरेर राजश्वले ‘ल फर्म’मा छापामारेको दाबी गरे ।
उता, सर्वोच्च अदालतले राजश्वले कब्जामा लिएका अधिवक्ताका थापाका सामाग्री फिर्ता गर्न आदेश दिएको छ । आज (आइतबार) भएको सुनुवाईका क्रममा सर्वोच्चले सो आदेश दिएको हो ।

प्रतिक्रिया