भारतबाट एक युवतीको उद्धार

धनगढी । शान्ति पुन:स्थापना गृह धनगढीले भारतको उत्तराखण्डास्थित हल्द्वानीबाट एक नेपाली युवतीको उद्धार गरेको छ ।
नुवाकोट घर भएकी २० वर्षीया युवतीलाई भारतस्थित रिड्स नामक संस्था र भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको शान्ति पुन:स्थापना गृहले जनाएको छ ।
२०६६ असारदेखि परिवारको सम्पर्कमा नरहेकी युवतीलाई प्रिन्ज क्षेत्रीको नामले चिनिने व्यक्तिले विवाहको बहानामा हल्द्वानीस्थित एक होटलमा छोडेर फरार भएको पीडित युवतीले बताएकी छन् ।
उद्धार गरिएकी युवतीलाई शान्ति पुन:स्थापना गृहको केन्द्रीय कार्यालय पठाइएको संस्थाका कार्यक्रम संयोजक बासुदेव भट्टराईले बताए ।

प्रतिक्रिया