हत्याका आरोपी पनि उम्मेद्वारमा सिफारिस

balkrishnaकाठमाडौं, २३ भदौ । हत्या अभियोगमा सर्वोच्च अदालतद्वारा सर्वस्वसहित आजीवन कारावासको सजाय पाएका बालकृष्ण ढुङगेललाई एकीकृत माओवादीले प्रत्यक्षमा उम्मेद्वारका लागि सिफारिस गरेको छ ।
ओलढुङगाका उज्जनकुमार श्रेष्ठको हत्यामा दोषी ठहर गरि ढुङगेललाई सर्वोच्चले काराबासको सजाय सुनाएको थियो ।
हत्या अभियोगमा सजाय पाएका ढुङगेललाई आगामी निर्वाचनमा प्रत्यक्षको उम्मेद्वार बनाउन एमाओवादीको ओखलढुङगा कार्यसमितिले केन्द्रमा सिफारिस गरे पछि अधिकारवादीले बिरोध शुरु गरेका हुन् ।
सिफारिसमा ढुङगेललाई क्षेत्र नम्बर–२ का लागि प्रत्यक्ष तर्फको उम्मेद्वारमा एक नम्बरमा राखिएको छ । अघिल्लो संविधानसभामा पनि ढुङगेलले सोहि क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
सर्वोच्च अदालतले उज्जनकुमार श्रेष्ठको हत्यामा दोषी ठहर गर्दै ढुङगेललाई विक्रम संवत २०६६ मा आजीवन काराबासको सजाय सुनाएको थियो ।
तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले सर्वोच्चको फैसला विरुद्ध विघठित संविधानसभामा सभासद् रहेका ढुंगेललाई आममाफीका लागि राष्ट्रपतिमा सिफासिर गरेका थिए । यद्यपि, राष्ट्रपतिले सो सिफारिस कार्यान्वयन गरेका छन् ।

प्रतिक्रिया