नौ बर्ष पछि हत्यामा संलग्नलाई कारबाही शुरु

maobadisभरतपुर, २३ भदौ । हत्या आरोपमा पक्राउ परेका एकीकृत माओवादीका कार्यकर्ता रामप्रसाद अधिकारीलाई अनुसन्धानका लागि जिल्ला अदालत चितवनले दश दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
न्यायाधीश विनोदमोहन आचार्यको इजलासले रामप्रसादलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई दश दिनको म्याद दिएको हो ।
गोरखा फुजेलका १८ बर्षीय कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा शुक्रबार काठमाडौंको बागबजारबाट पक्राउ परेका रामप्रसादलाई प्रहरीले म्याद थपका लागि आज (आइतबार) अदालतमा पेश गरेको थियो ।
जिल्ला अदालत पेश गर्ने वित्तिकै अनुसन्धानका लागि दश दिनको समयमा उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रधुम्न कार्कीले जानकारी दिए । कृष्णप्रसादको हत्याका विषयमा रामप्रसादसँग सोधपुछ गरिने उनले बताए ।
हत्या अभियोगमा आफ्ना कार्यकर्ता पक्राउ परे पछि एकीकृत माओवादीले बिरोध जनाउँदै आएको छ ।
हत्यामा संलग्नलाई कारबाहीको माग राखेर कृष्णप्रसादका बाबु नन्दप्रसाद र आमा गंगामाया अधिकारीले झण्डै दुई महिना अमरण अनशन बसेका थिए । कारबाही प्रक्रिया अघि बढे पछि अधिकारी दम्पत्तिले शनिबार राति अनशन तोडेका छन् ।
ब्यक्तिगत रिसिबीका कारण एकीकृत माओवादीका कार्यकर्ताले कृष्णप्रसादलाई २०६१ जेठ–२४ गते पूर्वी चितवनबाट अपहरण गरेर हत्या गरेका थिए ।

प्रतिक्रिया