भारतीय रुपियाँ बरामद

Indian-moneyमकवानपुर, २२ भदौ । मकवानपुरको चुरियामाई–मा प्रहरीले भारतीय रुपियाँ बरामद गरेको छ ।
बीरगञ्ज उपमहानगरपालिका–४, बिर्ताका ४७ बर्षीय नन्द किशोर सरफलाई प्रहरीले आज (शनिबार) भारतीय रुपियाँसहित पक्राउ गरेको जनाएको छ ।
भारतीय नोट १ हजार र ५ सय दरका गरी ७५ हजार रुपियाँसहित सरफ पक्राउ परेका हुन् ।
उनी ना.१ ज २१५७ नम्वरको टाटा सुमो गाडीबाट हेटौडा तर्फ आउँदै थिए ।

प्रतिक्रिया