जग्गा भाडामा लिएर अबैध मदिरा उत्पादन

madiraकाठमाडौं, २३ भदौ । काठमाडौंमा प्रहरीले छ रोपनी जग्गा भाडामा लिएर अबैध मदिरा उत्पान गर्ने समूहलाई सामान्य नसिहत सहित छाडेको छ ।
महानगरीय प्रहरी बृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीले शुक्रबार बेलुका भत्केको पुलमा अबैध मदिरा उत्पान गरेको फेला परेको जनाएको छ । उनीहरुलाई स्थानीय भद्रभलादमीको रोहवरमा चेतानी र नसिहतसहित छाडेको प्रहरीले उल्लेख गरेको छ ।
आशालाल महर्जन र अष्ट प्रजापतिको ६ रोपनी जग्गामा विभिन्न केही व्यक्तिले भाडामा लिई अवैध रुपमा मदिरा उत्पादन गर्दै आएका थिए ।
छापाका क्रममा फेला परेको अबैध घरेलु मदिरा रक्सी २ हजार लिटर र मदिरा बनाउने कच्चा पदार्थ १ हजार ५ सय लिटर नष्ट प्रहरीले गरेको थियो । (फाईल तस्विर)

प्रतिक्रिया