राणा र आचार्यको घरमा लाखौको चोरी

hospital-ma-choriकाठमाडौं, २३ भदौ । काठमाडौंमा अपरिचित समूहले सुदर्शन आचार्य र सविना राणको घरमा लाखौंको धनमाल चोरी गरेको छ ।
चपली भद्रकाली–८ का सुदर्शन आचार्यको घरमा शुनिबार कोही नभएको अवस्थामा चोरहरुले ढोकाको ताल्चा फोडेर विभिन्न धनमाल चोरी गरेर लगेको प्रहरीले जनाएको छ ।
आचार्यको घरबाट ल्यापटप १ थान, युरो २ हजार ५ सय, सुनका विभिन्न गहनाहरु ६ तोलासहित करीव ४ लाख ४१ हजार बराबरको धनमाल चोरी भएको छ ।
यसैगरी महाराजगंजका सविन राणाको घरमा पनि झण्डै १५ लाख बराबरको चोरी भएको छ ।
घरमा कोही नभएको अवस्थामा चोरहरु पर्खालबाटबाट भित्र प्रबेश गरी झ्याल फोडेर चोरी गरेका थिए ।
सुनका गहना २१ तोला, चाँदीका विभिन्न गहना ५० तोला, ल्यापटप १ थान, अमेरिकन डलर ५ सय, भारतीय रुपिया ५० हजारसहित करीव १४ लाख ६३ हजार बराबरको धनमाल चोरी भएको प्रहरी भनाई छ ।
यस्तै, कुमारीगाल डेरा गरी बस्ने ३५ बर्षीय भक्त गजमेरको कोठाबाट चोरहरुले सुनका गहना ५ तोला, डिजिटल क्यामेरा १ थानसहित करीव ३ लाख २८ हजार बराबरको धनमाल चोरी गरी लगेका छन् ।
प्रहरीले चोरीमा संलग्नहरुको खोजतलास जारी रहेको जनाएको छ । प्रहरीले चोरी कार्यमा संलग्न केहीको पहिचान भएको दाबी पनि गरेको छ ।

प्रतिक्रिया