सुनसरी, २२ भदौ । सुनसरी जिल्लामा सेरा खेलाले घरसहित एकै परिवारका चार जनालाई बगाएको छ ।
शुक्रबार राति परेको अविरल बर्षा पछि सेरा खोलामा आएको बाढीले पाँच कटिया–५ बस्ने मनबहादुर लिम्बुको घर बगाएको हो । उनका चार जनाको परिवार बगाउँदा सबै जना बेपत्ता भएका हुन् ।
यद्यपि, आज (शनिबार) बिहान प्रहरीले लिम्बुका १८ बर्षीय छोराको शव फेला परेको जनाएको छ । बाँकी तीन जनाको खोजतलास जारी छ ।
उता, घर भत्कदा बाजुरामा एक जनाको मृत्यू भएको छ । अविरल बर्षाले वाई–९ बस्ने मानवीर विकको एकतले पक्की घर आज (शनिबार) साढ ५ बजे भत्कदा उनी १७ बर्षीया श्रीमती सरस्वती विकको मृत्यू भएको छ ।
प्रतिक्रिया