व्यक्ति हत्या आरोपीलाई छुटाउन आन्दोलन

mao officeकाठमाडौं, २२ भदौ । एमाओवादीले व्यक्ति हत्याको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्ता तत्काल हिराई नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।
एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले आज (शनिबार) विज्ञप्ति जारी गरेर हत्या अभियोगमा गिरफ्तार भएका रामप्रसाद अधिकारीलाई तुरुन्त रिहा गर्न माग गरेका हुन् ।
‘हत्या अभियोगमा गिरफ्तार गरिएका रामप्रसाद अधिकारीलाई तुरुन्त रिहा गर्न माग गर्दछु,’ विज्ञप्तिमा भनिएको छ, ‘अधिकारीलाई रिहा गरी मुद्दा फिर्ता नगरेमा हाम्रो पार्टी थप संघर्षका कार्यक्रम ल्याउन बाध्य हुनेछ ।’
गोरखाको फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले शुक्रबार राति गोरखा घर भएका रामप्रसाद अधिकारीलाई काठमाडौंबाट गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया