विद्यालय पोशाकमै लागूऔषध सेवन

kailaliधनगढी, २१ भदौ । कैलालीको धनगढी नगरपालिकामा विद्यालय पोशाकमै लागूऔषध सेवन गरिरहेका छ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
उत्तरबेहडीस्थित खोलामा विद्यालय पोशाकमै आज (शुक्रबार) लागूऔषध सेवन गरिरहेका विद्यार्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा १४ वर्षीय शंकर चौधरी, १३ वर्षीय आकाश चौधरी, ११ वर्षीय निर्मल कठरिया, १४ वर्षीय सरोज राना, १३ वर्षीय विमल कठरिया र १२ वर्षीय उज्जल बोहरा रहेका छन् ।
उनीहरुको साथबाट खोलाको किनारामा टीनको डिब्बामा राखिएको फेबिकल फेला परेको प्रहरी निरीक्षक मनोहर भट्टले बताए । फेबिकललाई सुँघेर नसा लिने गरेका भट्टले बताए ।

प्रतिक्रिया