उहाँहरुले माखो पनि मार्न सक्नु हुन्न : दाहाल

Puspakamal-Dahalवीरगञ्ज, २२ भदौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेकपा–माओवादीसँग चुनाव विथाल्न सक्ने कुनै दम नरहेको टिप्पणी गरेका छन् ।
वीरगञ्जमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले नेकपा–माओवादीले कदापि चुनाव विथोल्न नसक्ने बताए । ‘नेकपा–माओवादीले चुनाव विथोल्ने क्षमता राख्दैन,’ उनले भने ।
नेकपा–माओवादीसँग हतियार रहेको भए पनि त्यो काम नलाग्ने दाहालको भनाई छ । ‘उहाँहरुसँग साँच्चै हतियार रहेको भए माखो पनि मार्नसक्नु हुन्न,’ उनले भने, ‘उहाँहरुमा चुनाव विथोल्ने क्षमता पनि छैन ।’
दाहालले मंसिरको चुनाव तोकिएकै समयमा हुने उल्लेख गरे । नेकपा–माओवादीलगायतका असन्तुष्ट दललाई निर्वाचनमा सहभागी गराउन हर सम्भाव प्रयास गरिने उनले बताए ।

प्रतिक्रिया