नेपालद्वारा सेमिफाईनलको यात्रा तय

Nepali-Team-2013-Saf

काठमाडौं, २० भदौ । घरेलु समर्थकको अपार समर्थन पाएको नेपाली टिमले भारतलाई २–१ ले पराजित गरि सेमिफाईन यात्रा तय गरेको छ ।

नेपाल समूह विजेत बनेको छ । भारत उपविजेतामा चित्त बुझाउन बाध्य भएको छ । अनिल गुरुङ म्यान अफ द म्याच घोषित भएका छन् ।
साफ च्याम्पियनसिपको आठौं संस्करणमा आज (बिहीबार) दशरथ रंगशालामा भएको सनसनी पूर्ण फुटबल खेलामा नेपालले दबदब काय राख्न खोजेको थियो ।
यद्यपि, डिफेन्डिङ च्याम्पियन भारतले पनि खेल आफ्नो पक्षमा बनाउन भरपुर मेहनत गर्‍यो ।
नेपालका तर्फबाट अनिल गुरुङ र जुमानु राईले एक–एक गोल गरेका थिए । भारतका तर्फबाट रविन सिंहले गोल गरेका हुन् ।
खेल हेर्न रंगशालामा दर्शकको उल्लेख्य भीड लागेको थियो । अन्य दिनको तुलनामा नेपाली दर्शक रंगशालामा ठूलो भिड थियो । स्रोतका अनुसार टिकट ब्ल्याकमा समेत खरिद बिक्री भएको छ ।

प्रतिक्रिया