सोंचे अनुसार ‘सत्याग्रह’ले कलेक्सन गरेन

Satyagrahaमुम्बई, २० भदौ । प्रकाश झाद्धारा निर्देशित ‘सत्याग्रह’ले खासै सफलता पाउन नसकेको फिल्म समीक्षकहरुले टिप्पणी गरेका छन् ।
भ्रष्टाचार विरोधी अन्ना हजारेको आन्दोलनबाट प्रभावित ‘सत्याग्रह’बाट झाले ठूलो आशा लिएका थिए । ‘सत्याग्रह’ रिलीज भएको पहिलो दिन एघार दशमलव २१ करोड संकलन भएको थियो ।
रिलीज भएको साताभरिमा ‘सत्याग्रह’ले ३९ दशमलव १२ करोड संकलन गरेको थियो । हालसम्म ‘सत्याग्रह’ले ४८ दशमलव ३० करोड मात्रै संकलन गर्न सकेको बक्सअफिस रिपोर्टमा उल्लेख छ ।
राजनीति, चक्रब्यूहलगायतका दर्जन बढि राम्रा फिल्म बनाएका निर्देशक झाको ‘सत्याग्रह’ले शुरुवाति दिनमा राम्रो कमाई गरेको थियो । यद्यपि, पछिल्ला दिनमा ‘सत्याग्रह’ले खासै कलेक्सन राम्रो नगरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
राजनीति र भ्रष्टारलाई केन्द्रमा राखेर बनाईएको कथावस्तु दर्शकले खासै रुचाएनन् ।
‘सत्याग्रह’मा अमिताभ बच्चन, अजय देबगन, अर्जुन रामपाल, करीना कपुरलगायतको अभिनय छ ।

प्रतिक्रिया