दाहालद्धारा राज्य संयोजकहरुसंग परामर्श

mao officeकाठमाडौं, १९ भदौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा निर्वाचनका विषयमा राज्य समितिका संयोजकहरुसंग परामर्श गरेका छन् ।
कोटेश्वरस्थित पार्टी मुख्यालयमा आज (बुधबार) भएको छलफलमा अध्यक्ष दाहालले निर्वाचनमा आफ्ना उम्मेद्धारलाई जिताउन सबै प्रयास गर्न निर्देशन दिएका हुन् ।
संविधानसभा निर्वाचनमा अत्याधिक मत ल्याउनुका साथै अत्याधिक सिट जित्ने दायित्व पनि रहेको दाहालको भनाई छ ।
अध्यक्ष दाहालले पार्टीका पक्षमा बहुमत ल्याउने गरी दोस्रो चरणको चुनावी अभियानमा होमिनु पर्ने बताए ।

प्रतिक्रिया