सप्तरी र सिराहामा सुरक्षा चुनौति : खत्री

Shyam-Bahadur-Khatri-SSPराजविराज, १७ भदौ । सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराजका वरिष्ठ प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले सप्तरी र सिरहा जिल्लामा सुरक्षाको चुनौति अझै पनि यथावत रहेको बताएका छन् ।
राजविराजस्थित आफ्नै कार्यकक्षमा आइतबार आयोजित पत्रकार सम्मेलनमा खत्रीले सप्तरी र सिराहामा अपराधिक क्रियाकलाप यथावत रहेको बताए । उनले भने, ‘यी दुई जिल्ला अहिले पनि सम्वेदनशील छन् ।’
अञ्चल प्रहरी कार्यालय राजविराजमा भर्खरै मात्र सरुवा भएर आएका वरिष्ठ उपरीक्षक खत्रीले सगरमाथा अञ्चलका चार जिल्लाको सुरक्षा अवस्था सामान्य रहेको बताए ।
सिरहा र सप्तरीमा अझै पनि हत्या, अपहरण र तस्करीका घट्ना बढि रहेको उनको भनाई छ । विगत दुई/तीन वर्षको तुलनामा अपराधिक घटनामामा कमी आएको पनि उनले दाबी गरे ।

प्रतिक्रिया