रौतहटमा युनाईटेडका पाँच उम्मेद्वार घोषणा

काठमाडौं, १६ भदौ । जनता दल यूनाईटेडले रौतहटका पाँच वटा निर्वाचनमा उम्मेद्वारी दिने उमेद्ववारको नाम घोषणा गरेको छ ।
काठमाडौंमा आज (आईतबार) पत्रकार सम्मेलन गरेर रौतहटको क्षेत्र नम्बर १ मा प्रेमशंकर पटेल, २ मा उमेश पटेल, ३ मा उपेन्द्र मुखियाविन, ४ मा बैजु मुखिया र ६ मा रामेश्वर घिमिरेलाई उम्मेद्वार बनाएको जानकारी दिईएको हो ।
अध्यक्ष डा. विश्वनाथ प्रसाद अग्रवालको संयोजकत्वमा किरणकुमार मगर, रञ्जनराज श्रीवास्तव, नरेश कुमार केसरी र भरत विक्रम ढकाल सदस्य रहेको पाँच सदस्यीय उमेद्ववार छनौट समिति समेत गठन भएको छ ।

प्रतिक्रिया