नेकपा–माओवादीलाई कुरेका छैनौ : पौडेल

Ramchandra-Poudelपोखरा, १६ भदौ । कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभाको निर्वाचनका लागि उच्च स्तरीय राजनीतिक समितिले नेकपा–माओवादीलाई कुरेर नबस्ने दोहर्‍याएका छन् ।
नेपाल प्रेस युनियन कास्की शाखाले आज (आईतबार) पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पौडेलले समय रहुन्जेल वार्ता र सहमतिमा आउन नमान्ने नेकपा–माओवादीलाई कुर्नुको अर्थ नहुने बताए ।
‘उनीहरु निर्वाचनमा आउँछन भने समय छदैं आउन सक्छन्,’ उनले भने, ‘होइन भने उनीहरुलाई कुर्न हामीले छाडिसक्यौं ।’
पौडेलले निर्वाचनरुपी गाडी अगाडि बढि सकेको बताए । ‘गाडिमा जो चड्छ गन्तव्यमा पुग्छ,’ उनले भने, ‘जो चड्दैन स्वभाविक रुपमा छुट्छन् ।’
उनले नेकपा–माओवादीले निर्वाचन विथोल्न नसक्ने उल्लेख गरे । नेकपा माओवादीका कार्यकर्तालाई ठीक पार्न सेना परिचालन गर्न नपर्ने र त्यसका लागि आफ्ना कार्यकर्ताहरु नै पर्याप्त रहेको उनको टिप्पणी छ ।

प्रतिक्रिया