दुई समूहको झडपमा एक युवकको मृत्यू

Saptari-Gundaराजविराज, १४ भदौ । पुरानो रिसिवीका कारण सप्तरीको राजविराजमा दुई समूहबीच भएको ‘झगडा’मा छुरा प्रहारबाट १७ बर्षीय अनिल मण्डलको मृत्यू भएको छ ।
छुरा प्रहारबाट राजविराज–३ निवासी योगेन्द्र मण्डलका १७ वर्षीय छोरा अनिलको मृत्यू भएको प्रहरी उपरीक्षक दिनेश आमात्यले जानकारी दिए । बिहीबार राति कृष्ण जन्माष्टमीका अवसरमा राधाकृष्ण मन्दिरमा मेला भर्न आएका दुई युवा समूहबीच झडप भएको थियो । वडा नम्बर–३ र ७ का यूवाबीच झडप भएको हो ।
रविन मण्डलले पछाडिबाट प्रहार गरेको छुरा दाहिने कोखामा लागेर गम्भीर घाईते अनिललाई उपचारार्थ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटोमा मृत्यू भएको थियो ।
छुरा प्रहार घटनाका मूख्य आरोपी राजविराज–७ निवासी २१ वर्षीय रविनलाई प्रहरीले पक्राउ गरेको छ । रविनसहित अन्य ६ जना यूवा पनि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्थानीय कृष्ण यादव, विशालकुमार राउत, सुरेन्द्र साह, सुरज मेहतर र खडकपुर–५ का रुपचन्द्र यादव रहेको नायव उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए । छुराप्रहार लगत्तै फरार उनीहरुलाई प्रहरीले राजविराज–७ र कोचावखारी गाविसबाट पक्राउ गरेको थियो ।
उनीहरुका बीच शिवशंकर सिनेमाहलमा समेत झडप भएको थियो ।

प्रतिक्रिया