‘गोप्य’ भ्रमण : सचिव चन्द चीन प्रस्थान

Netrabikram chandकाठमाडौं, १३ भदौ । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द झण्डै दुईसाता लामो भ्रमणका लागि चीन प्रस्थान गरेका छन् ।
चिनियाँ उच्च अधिकारीहरुको निमन्त्रणामा सचिव चन्द आज (बिहीबार) चीन प्रस्थान गरेको स्रोतले जनाएको छ । दश दिनसम्म चीनको भ्रमण गर्नुका साथै उनले उच्च राजनीतिक भेटबार्ता गर्ने पनि बुझिएको छ ।
संविधानसभा निर्वाचन बहिष्कारको चर्को बचाउ गर्दै आएका चन्दलाई चीनले भ्रमणका लागि बोलाएको हो । सचिव चन्दको चीन भ्रमणका विषयमा नेकपा–माओवादीले केही जनाएको छैन ।
संविधानसभा निर्वाचन बहिष्कारका लागि संघर्षका कार्यक्रम सार्वजनिक गरेको भोलिपल्ट चन्द चीन प्रस्थान गरेका हुन् ।

प्रतिक्रिया