सार्कको सक्रीय भूमिका खोजौं : अर्थमन्त्री

Shankar-Koiralaकाठमाडौं, १३ भदौ । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले नेपाल सार्कको सक्रिय संस्थापक सदस्य भएकाले यसको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।
अर्थमन्त्री स्तरीय छैटौं बैठकमा भाग लिन श्रीलंकाको कोलम्बो पुगेका मन्त्री कोइरालाले बन्दरानाइके विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै आर्थिक विकासलाई मूल मुद्दा बनाइनुपर्ने बताए । उनले सार्कको सान्र्दभिकता झन्झन् बढ्दै गएको स्पष्ट पारे ।
मन्त्री कोइरालाले दुई पक्षीय र बहुपक्षीय व्यापारको प्रवद्र्धनमा सार्कले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
सार्क सदस्य राष्ट्रबीच रहेको जनस्तरको सम्बन्धलाई आर्थिक विकासमा रुपान्तरण गर्नुपर्ने बताएका उनले श्रीलंकासँग दुई पक्षीय व्यापारको थप सम्भावना खोजी गरिने उल्लेख गरे ।
यसअघि श्रीलंकाका आर्थिक विकास उपमन्त्री मुट सिभालिंगमले विमानस्थलमा मन्त्री कोइरालाको स्वागत गरेका थिए । श्रीलंकाका लागि नेपाली राजदूत सुशीलचन्द्र अमात्य र श्रीलंकाका कुटनीतिक अधिकारीहरुको उपस्थिति थियो ।
शुक्रबार शुरु हुने अर्थमन्त्री स्तरीय बैठकमा दक्षिण एशिया क्षेत्रमा दीर्घकालीन वित्तिय पूँजी लगानीका लागि प्रवाह बढाउने उपायको खोजी हुनेछ । बैठकले लगानी प्रवद्र्धन र सुरक्षा सम्बन्धि मस्यौदालाई अन्तिम रुप दिनेछ ।
विश्वले झेलिरहेको वित्तीय संकटबाट यसक्षेत्रलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा पनि अर्थमन्त्रीहरुले छलफल गर्ने बताइएको छ ।

प्रतिक्रिया