आस्थाको केन्द्र एमाओवादी : दाहाल

Puspakamal Dahalकाठमाडौं, १२ भदौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सबै नेपाली जनताको चाहना पूरा गर्न आफूहरु मात्रै सक्षम रहेको दाबी गरेका छन् ।
पार्टी मुख्यालय कोटेश्वरमा आज (बुधबार) आयोजित कार्यक्रममा दाहालले एकीकृत माओवादी जनताको आस्थाको केन्द्र रहेको बताए । ‘एकीकृत माओवादीप्रतिको जनताको विश्वास र चाहना पूरा गर्ने जिम्मेवारीसँग चुनौतीपनि बढेको छ,’ उनले भने ।
उनले अहिले सबैको आकर्षण एमाओवादीमा बढेको बताए ।

प्रतिक्रिया