अर्थमन्त्री कोइराला कोलम्बो प्रस्थान

Shankar-Koiralaकाठमाडौं, १२ भदौ । अर्थमन्त्री शंकरप्रसाद कोइराला सार्क अर्थमन्त्री स्तरीय छैटौं बैठकमा भाग लिन श्रीलंकाको राजधानी कोलम्बो प्रस्थान गरेका छन् ।
बैठकमा दक्षिण एशिया क्षेत्रमा दीर्घकालीन वित्तीय पूँजी लगानीका लागि प्रवाह बढाउने उपायको खोजी हुनेछ । बैठकले लगानी प्रवद्र्धन र सुरक्षा सम्बन्धि मस्यौदालाई अन्तिम रुप दिनेछ । कोइराला आज (बुधबार) त्यस तर्फ प्रस्थान गरेका हुन् ।
विश्वले झेलिरहेको वित्तीय संकटबाट यसक्षेत्रलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा पनि अर्थमन्त्रीहरुले छलफल गर्ने छन् ।
अघिल्लो वर्ष बंगलादेशका ढाकामा सम्पन्न अर्थमन्त्रीहरुको पाँचौ बैठकमा पारित विषयको समीक्षा र आगामी रणनीति तयार गर्नु बैठकको उद्देश्य रहेको छ । सार्क विकास कोषको बैठक पनि बस्नेछ । जसले संस्थागत प्रगति समीक्षा र लेखापरीक्षण प्रतिवेदन पारित गर्नेछ ।

प्रतिक्रिया