काठमाडौं, ११ भदौ । एमालेका सचिव शंकर पोखरेलले सरकारलाई संविधानसभाको निर्वाचनमा सेना परिचालनको बाटो खुलेको बताएका छन् ।
राजधानीमा आज (मंगलबार) आयोजित कार्यक्रममा पोखरेलले सोमबारबाट लडाकु समायोजनको काम सम्पन्न भएकाले सरकारलाई सेना परिचालनको बाटो खुलेको बताए । ‘सेना परिचालनको बाटो खुलेको छ,’ उनले भने, ‘अब सरकारले निर्वाचनमा सेनाको परिचालनको आवश्यकता महसुस गरेर परिचालन गर्न सक्छ ।’
कुनै दल निर्वाचनमा आउन तयार भए दल दर्ताका लागि विशेष ब्यवस्था गर्न सकिने बताएका उनले भने, ‘मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीका नेताहरु पनि अन्तम दर्ता भईसकेको कुनै दलबाट चुनाव लड्ने सम्भावना छ ।’
कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले निर्वाचनका लागि सर्वसाधारण आतुर रहेको बताए । कसैले पनि निर्वाचनमा ब्यवधान गर्न नसक्ने बताउँदै उनले निर्वाचनको सुरक्षाका लागि सरकार सक्षम रहेको बताए ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले नेकपा–माओवादी निर्वाचनमा नआए पनि कुनै असर नपर्ने बताए । उनले सरकारले चुनावको सुरक्षाका लागि आवश्यक परे सेना सहित सबै सुरक्षा अगं परिचालन गर्नुपर्ने बताए ।
प्रतिक्रिया