कांग्रेस कार्यसमितिको बैठक बुधबार

congress_officeकाठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था र संविधानसभा निर्वाचनको तयारीका विषयमा छलफल गर्न कांग्रेसले आफ्नो केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
पार्टी कार्यालय सानेपामा बुधबार विहान ११ बजे बस्ने बैठकमा निर्वाचनको तयारीका विषयमा छलफल हुने कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संविधानसभा निर्वाचनको तिब्र तयारीमा जुटेको कांग्रेसले उम्मेद्वार चयन, प्रचार प्रसार, आर्थ संकलनलगायतका विषयमा पनि छलफल गर्ने छ ।

प्रतिक्रिया