माओवादीका पूर्व लडाकुहरुलाई आयुक्त पद

Nepal-Army-Purba-Ladakuकाठमाडौं, १० भदौ । सैनिक प्रतिष्ठान खरिपाटीमा संचालित अधिकृत समायोजन आधार तालिममा सहभागी ७० जना अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान गरिएको छ ।
उप–सेनानीको दज्र्यानी चिन्ह पाउने सबै माओवादीका पूर्व लडाकु हुन् । दीक्षान्त समारोहमा ४ महिला अधिकृत क्याडेट सहित ७० जनाले आयुक्त पद प्राप्त गर्दै उप सेनानी दर्जाको दज्यार्नी चिन्ह प्राप्त गरेका छन् । उनीहरुले नौं महिना अवधिको समायोजन अधिकृत आधार तालिम गरेका थिए ।
भक्तपुरमा आज (सोमबार) आयोजित विशेष समारोहका बीच अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले अन्तिम कवाजको अवलोकन गर्नुका साथै नवआयुक्त अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सो अवसरमा कवाजले सम्मान गारत अपर्ण गर्नुका साथै मार्च पास प्रदर्शन गरेको थियो ।
अध्यक्ष रेग्मीले आयुक्त पद प्राप्त गर्ने अधिकृत क्याडेटहरुलाई नेपालको सार्वभौमसत्ता, अखण्डता र एकतालाई अक्षुण्ण बनाउँदै नेपाली भूमिको रक्षार्थ क्रियाशील बन्न निर्देशन दिए । (फाईल तस्विर)

प्रतिक्रिया