चुरे भावरको अध्यक्षमा न्यौपाने निर्वाचित

badri neupaneकाठमाडौं, १० भदौ । चुरे भावर राष्ट्रिय एकता पार्टीमा बद्रीप्रसाद न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
राजधानीमा यसैसाता सम्पन्न महाधिवेशनले न्यौपानेको नेतृत्वमा ५१ सदस्सीय कार्यसमिति चयन गरेको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । न्यौपाने यस अघि सो पार्टीमा महासचिव रहेका थिए ।
नयाँ कार्यसमितिमा सहअध्यक्षको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठले पाएका छन् । वरिष्ठ उपाध्यक्षमा सुनिता भारती, उपाध्यक्षहरुमा हरिप्रसाद पोखरेल, दीपमान लोप्चन, कमलप्रसाद चुडाल, कर्मा पोते, योगेन्द्रप्रसाद निरौला चयन भएका छन् ।
महासचिवमा कुमार प्रसाद भण्डारी, सचिवमा उमेश पराजुली र शुशील चापागाईंले जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया