क्षमता भन्दा बढि यात्रु चढाउन माग

mazic (1)राजविराज, ९  भदौं । क्षमता भन्दा बढि यात्रु बोक्न नपाएको विरोधमा सप्तरीमा सञ्चालित म्याजिक भ्यान ब्यवसायीले राजविराजमा प्रदर्शन गरेका छन् ।
डेढ दर्जन म्याजिक भ्यानको र्‍यालीसहित जम्मा भएका ब्यवसायीहरुले शनिबार प्रहरीको विरोध गरेका हुन् ।
ट्राफिक प्रहरीले म्याजिकमा लगाईएको सिंढी काटी दिएको, हुट निकाली दिएको र दुब्र्यवहार गर्ने गरेको व्यवसायीहरुको आरोप छ ।
म्याजिक भ्यानले क्षमता भन्दा बढि यात्रु बोकेको भन्दै गुनासो बढन थालेपछि ट्राफिक प्रहरीले बढि यात्रु चढाउन रोक लगाएको थियो ।
सडक दुर्घटना कम गर्न र म्याजिक भ्यानको यात्रा ब्यवस्थित गर्न प्रहरीले अभियान शुरु गरे लगत्तै ब्यवासायीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शन र आन्दोलनका कारण राजविराजबाट लहान, रुपनी, कन्चनपुर, भारदहलगायतका स्थानमा चल्ने कुनै पनि म्याजिक भ्यान दिनभरि चलेनन् ।

प्रतिक्रिया