अनियमिततामा संलग्न ३५ कर्मचारी पक्राउ

काठमाडौं, ७ भदौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभाग र बैदेशि रोजगार विभागका ३५ कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
आयोगका अधिकारीले आज (शुक्रबार) विमानस्थलबाट ३५ कर्मचारी नियन्त्रणमा लिएको प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए । अनियमितता गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको सापकोटाले बताए ।
पक्राउ पर्नेमा अध्यागमन विभागका १८ र बैदेशिक रोजगार विभागका १७ कर्मचारी रहेका छन् । शाखा अधिकृतदेखि पियन सम्मका कर्मचारी पक्राउ परेका छन् । उनीहरुलाई विभिन्न स्थानमा थुनामा राखिएको छ ।
पक्राउ पर्नेमा भोजबहादु ऐर, गोपीप्रसाद पौडेल, सञ्जय नेपाल, चिरञ्जीवी अधिकारी, कृष्णप्रसाद खतिवडा, हीराध्वज अधिकारी, माधव भट्टराईलगायत रहेका छन् ।
यस अघि पनि आयोगले विभिन्न कार्यालयका कर्मचारीलाई अनियमितता गरेको अभियोगमा सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया