फ्रलोरिसन एकेडमीमा शिक्षककै ‘यौनलीला’

Balatkarकाठमाडौं, ६ भदौं । आफ्नै छात्रालाई दुरव्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौंको बसुन्धारास्थित फ्रलोरिसन एकेडमीका सहायक प्रिन्सिपल रमेश पनेरुलाई पक्राउ गरेको छ ।
कक्षा दशमा अध्ययनरत नम्रता अधिकारी (नाम परिवर्तन) लाई यौन दुरव्यबहार गरेको अभियोगमा बुधबार राति बसुन्धारा सहायक प्रिन्सिपल पनेरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नम्रतालाई दुरव्यबहार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त महाराजगंजबाट प्रहरी खटिएको थियो । घटनाका सम्बन्धमा प्रहरीले अन्य थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया