व्यवसायीद्वारा पाँच वटा जीपमा तोडफोड

nawalparasiनवलपरासी, ५ भदौं । नवलपरासी जिल्लामा सवारी साधनमा तोडफोड गर्ने ट्रक व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
माकर–४, बाँसखोलास्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा आज (बुधबार) जीप तोडफोड गरेको अभियोगमा पश्चिम ट्रक व्यवसायी संघका सचिव गुप्त बहादुर केसीसहित १४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
तोडफोडमा संलग्न उनीहरुलाई बा.८ च १२५३ र ग.१ च ८०२० नम्वरको कारसहित पक्राउ गरेको छ ।
ट्रक व्यवसायीहरु भाडा बृद्धिको माग राखेर आन्दोलनमा उत्रिएका छन् । ट्रक चल्न नदिएका उनीहरुले जीपले तरकारी लगायतका सामान ढुवानी गर्न थाले पछि तोडफोडमा उत्रिएका हुन् ।
ट्रक व्यवसायीले फलफूल, प्याज, गोलभेंडा बोकेको आरोपमा पाँच वटा जीपमा तोडफोड गरेर क्षति पुर्‍याएका हुन् ।
तोडफोडबाट लु.१ च ५१४७, लु.१ च ४८८०, लु.१ च ३०४६, लु.१ च ३८३० र ग.१ च ७६४३ नम्वरका जीपका सिसा फुटेका छन् ।

प्रतिक्रिया