क्षेत्र नम्वर आठबाट नायिका रेखालाई धोका

Rekha Thapa Cellrotiकाठमाडौं, ५ भदौं । एकीकृत माओवादी नेतृ एवम् नायिका रेखा थापालाई गृह जिल्ला मोरङबाट पार्टीले टिकटका लागि सिफारिस गरेको छैन ।
मोरङमा रहेका निर्वाचन क्षेत्रहरुबाट जिल्ला नेतृत्वले पाँच/पाँच जनाका दरले टिकटका लागि सिफारिस गरे पनि रेखा त्यो सूचीमा नपरेकी हुन् । नायिका रेखाको स्थायी घर क्षेत्र नम्वर आठमा पर्छ । उनले यसअघि त्यहि क्षेत्रबाट चुनाव लड्ने संकेत गरेकी थिइन् ।
तीन महिना अघि औपचारिक रुपमा एकीकृत माओवादीमा अध्यक्ष पुष्पकमल दाहालको हातको टीका लगाएर रेखा एकीकृत माओवादीमा प्रवेश गरेकी हुन् । दाहालले रेखालाई केन्द्रीय सदस्य वा संविधानसभा निर्वाचनमा उम्मेद्वार बनाउने आश्वासन दिएका थिए ।
एकीकृत माओवादीका नेता बर्षमान पुनले नायिका रेखालाई काठमाडौंको कुनै एउटा निर्वाचन क्षेत्रबाट उम्मेद्वार बनाउने तयारी भएको बताए ।

प्रतिक्रिया