मुख्य सुरुङ तामाकोशीमा जोडियो

uppre_tamakosiदोलखा, ४ भदौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मुख्य सुरुङ तामाकोशीमा जोडिएको छ । लामाबगर र भैंसे अडिटतर्फबाट निर्माण भइरहेको ३ किलोमिटर सुरुङ एकअर्कामा जोडिए पछि ‘ब्रेक थ्रु’ भएको हो ।
४ सय ५६ मेगावाटको सो आयोजनाको मुख्य सुरुङको काम दुई वर्ष अघि शुरु भएको थियो । ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेसनले निर्माण गरिरहेको छ ।
४ ठाउँबाट खनिएकोमा सुरुङका दुई ठाउँको काम पूरा भएको छ । लामाबगरतर्फबाट १ हजार ५ सय ७५ मिटर र भैंसेतिरबाट उपल्लो खण्डमा १ हजार ३ सय ३९ मिटर सुरुङ निर्माण भएको छ ।
भैंसेमा ३ सय ९४ मिटर अडिट सुरुङ निर्माण गरेर उपल्लो खण्ड र तल्लो खण्डमा सुरुङ निर्माण भइरहेको छ ।
सझौता गरे अनुसारको समय भन्दा दुई महिना ढिलाई भएता पनि उपल्लो खण्डको काम सकिएकाले सो खण्डमा कार्यरत थप जनशक्ति तल्लो खण्डको कामका लागि ल्याईएका छन् ।
आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेले मुख्य सुरुङको पेनस्टक साफ्ट नजिक भौगर्भिक अवस्था कमजोर भएपछि काम रोकेर डिजाइन परिवर्तनको अन्तिम गृहकार्य भइरहेको बताए ।

प्रतिक्रिया