एक डलरको मूल्य एक सय ६० पैसा

Dollarकाठमाडौं, ४ भदौं । अमेरिकी डलर लगातार उकालो लागे पछि नेपाली रुपियाँ इतिहासमै कमजोर बन्न पुगेको छ ।
एक डलर किन्न नेपाली एकसय रुपियाँ ६० पैसा तिर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) एक डलरको मूल्य एकसय रुपियाँ ६० पैसा तोकेको छ ।
सोमबार बैंकहरुले एक डलर एकसय रुपियाँ ९० पैसासम्ममा कारोबार गरेका थिए ।
राष्ट्र बैंकले एक डलरको मूल्य ९८ रुपियाँ ९५ पैसा तोके पनि बजार खुल्ने वित्तिकै बैंकहरुले मूल्य बढाएर कारोबार गरेका थिए ।
दुई महिनायता डलरले हरेक साताजस्तो नयाँ कीर्तिमान छोइरहेको छ । भारतीय मुद्रा कमजोर हुँदा डलरको भाउ बढेको हो । एकसय भारतीय रुपियाँका लागि १ सय ६० रुपियाँ नेपाली रुपियाँ तिर्नु पर्छ ।
डलरको मूल्य उकालो लागेसँगै नेपाली अर्थतन्त्रलाई प्रत्यक्ष असर पार्नेछ । खासगरी खुला बजार अर्थतन्त्रमा पार्ने प्रभावसँगै बजार भाउ ह्वात्तै बढ्ने आशंका व्यापारीहरुले गरेका छन् ।
आयातित वस्तुको मूल्यमा करीब २५ प्रतिशतसम्म बढ्ने आशंका व्यवसायीहरुको छ । निर्यात न्यून र आयातमुखी अर्थतन्त्र भएको नेपालले डलर वृद्धिबाट कुनै फाइदा लिन सक्ने छैन ।

प्रतिक्रिया