लागूऔषधसहित दुई जना पक्राउ

Chitwan District 1भरतपुर, २ भदौ । चितवनमा प्रहरीले लागूऔषधसहित दुई युवालाई पक्राउ गरेको छ ।
कविलास–२ का २६ वर्षीय सन्तवहादुर गुरुङ र २९ वर्षीय मनिराज गुरुङलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरी प्रवक्ता सञ्जयबहादुर राउतले जानकारी दिए ।
९ सय एम्पुल डाईजेपाम र एक हजार एक सय एम्पुल मफिनसहित उनीहरुलाई नियन्त्रणमा लिएको राउतले बताए ।
स्कुटरबाट लागूऔषध ल्याउदै गरेका उनीहरुलाई नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत कविलासको सिमलतालमा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया