राजनीतिक समितिको संयोजक कोइराला

काठमाडौं, १ भदौ । कांग्रेस सभापति सुशील कोइरालाले उच्चस्तरीय राजनीतिक समितिको संयोजकको जिम्मेवारी पुन: पाएका छन् ।
चक्रीय प्रणाली अनुसार नेतृत्व लिने प्रावधान अन्तर्गत कोइरालालाई समितिको संयोजकको जिम्मेवारी आएको हो । साउन ३२ गते एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको संयोजकको जिम्मेवारी सक्किए पछि कोइरालाले सो जिम्मेवारी पाएका हुन् ।
यस अघि पनि कोइरालाले संयोजकको जिम्मेवारी पाईसकेका छन् । कोइराला समितिको दोस्रो पटक संयोजकको भएका हुन् ।
राजनीतिक समितिमा एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाबीच एक एक महिना संयोजकको जिम्मेवारी लिने सहमति छ ।

प्रतिक्रिया