कांग्रेसलाई कुनै दस्ता आवश्यक छैन : कोइराला

काठमाडौं, १ भदौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले निर्वाचनका लागि आफूलाई कुनै दस्ता आवश्यक नरहेको बताएका छन् ।
राजधानीमा आज (शनिबार) आयोजित कार्यक्रममा कोइरालाले निर्वाचनमा कांग्रेसलाई तरुण दल र नेविसंघले प्रयाप्त हुने बताए । ‘कांग्रेसलाई कुनै पनि दस्ताको आवश्यक्ता छैन,’ उनले भने, ‘नेविसंघ र तरुण दलले कांग्रेसलाई सहयोग गर्न सक्छन् ।’
नेकपा माओवादी पनि निर्वाचनमा सहभागी हुने जनाएका सभापति कोइरालाले सबै आन्दोलनरत दलहरुका मागका सम्बन्धमा छलफल भएको बताए ।

प्रतिक्रिया