भुवनलाई ‘रोमान्टिक किङ्’को उपाधि

Bhuwan-Kकाठमाडौं । अभिनेता भुवन केसी केटीहरुसँगको सम्बन्धका कारण प्राय मिडियामा छाउने गरेका छन् ।
चलचित्र क्षेत्रमा सदावहार नायकको रुपमा परिचय बनाएका उनलाई महिलासँगको प्रकरणले हैरानै बनाउने गर्छ । उनका किस्सा पनि अनेकौ छन् ।
उनलाई सकारात्मक भन्दा पनि नकारात्मक रुपमा मिडियाले प्रस्तुत गर्ने गरेका छन् । सोही कारण भुवन पटक पटक तनावमा आउने गरेका छन् ।
केही समय पहिले अभिनेत्री जिया केसीसँगको रोमान्टिक सम्बन्धका कारण भवनको मिडियामा खुबै चर्चा भयो ।
पछिल्लो समय अभिनेता भवनलाई अर्काे परिचय पनि थपिएको छ । त्यो परिचय हो ‘रोमान्टिक किङ्’ ।
नायक भुवनलाई यो उपाधी बिहीबार काठमाडौंमा आयोजित चलचित्र ‘एउटा साथी’को शुभसाइत समारोहमा दिइको हो ।
वरिष्ठ नायक अर्जुनजंग शाही, चलचित्र निर्देशक तथा कलाकार रमेश उप्रेती, चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का तथा चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले खादा ओढाएर भुवनलाई सो उपाधि दिए ।
भुवनले आफूले ‘रोमान्टिक किङ्’को उपाधि पाएकोमा खुसी पनि व्यक्त गरे ।

प्रतिक्रिया