‘किन किन’ र ‘महशुस’बीच भिडन्त

Karishmaकाठमाडौं । फ्राईडे रिलिज अन्तर्गत ‘किन किन’ र ‘महशुस’ले शुक्रबार देखि प्रदर्शन शुरु गरेका छन् ।
‘किन किन’मा अभिनेता राजेश हमाल र अभिनेत्री करिष्मा मानन्धरको भूमिका छ । ‘किन किन’ उकेस दाहालले निर्माण गरेका हुन् । यस अघि उकेसले ‘पलपल’ चलचित्र निर्माण गरेका थिए ।
‘पलपल’को यौनउत्तेजक विषयवस्तुले उकेसलाई विवादमा पनि तानेको थियो । यद्यपि यस पटक उकेसले ‘किन किन’लाई रोमान्टिक बनाउने प्रयास गरेको जनाए ।
१९७० को गेटअप र डान्सको मुभमेन्टलाई ‘किन किन’मा प्रस्तुत गरिएको छ । करियोग्राफर गोबिन्द राईले पनि राजेश र करिष्मालाई एक्स्ट्रा जोडीको रुपमा प्रस्तुत गरेका छन् ।
उता, ‘महशुस’ पारिवारिक बिषय बस्तु बोकेको चलचित्र हो । प्रेम कथालाई पनि महत्वपूर्ण पाटोका रुपमा प्रस्तुत गरेको ‘महशुस’ले दर्शक तान्ने दावी गर्छ ।
‘महशुस’मा आर्यन सिग्देल, निर शाह, केकी अधिकारी, बेनीषा हमाल, हिउँवाला गौतम, रश्मी भट्ट, रविन्द्र खड्का, अप्सरा घिमिरेलगायतको अभिनय छ ।

प्रतिक्रिया