‘चलचित्र मेरो पहिलो पाईला हो’

auta shatiकाठमाडौं । अचेल निर्माताहरुले आफ्नो चलचित्रको शुभमुहर्त गर्नै छाडेका छन् । आक्कल झुक्कल हुने शुभमुहर्तमा पनि झाराटार्ने किसिमले हुने गरेका छन् ।
सबै अपवादलाई छाडेर रङ पत्रकार लक्षण सुबेदी आफैले निर्देशन गर्न लागेको चलचित्र ‘एउटा साथी’को भने भब्य समारोहका विच शुभमुहर्त गरिएका छ । बिहीबार काठमाडौंको ग्यालेक्सी पार्टी प्यालेसमा उनले चलचित्रकर्मी तथा पत्रकारका वीच मुहर्त गरेका हुन् ।
कार्यक्रममा अभिनेत्री रेखा थापाले क्ल्याप पड्काएकी थिईन् । निसा सुनुवारले क्यामराको सुईच अन गर्नुका साथै हास्य अभिनेत्री दीपाश्री निरौललले नरिवाल फुटाएर चलचित्रको शुभमुहर्त गरेर सट लिइएको निर्देशक सुबेदीले जानकारी दिए । सो सटको निर्देशन हर्षिका श्रेष्ठले गरिन् ।
अभिनेता सलोन बस्नेत र करिष्मा श्रेष्ठले मुहर्त सटमा नृत्य प्रस्तुत गरेका थिए ।
भदौ तेस्रो साताबाट छायाँकनमा जाने ‘एउटा साथी’मा सलोन बस्नेत, रीस्ता बस्नेत, जोन तामाङ, शिशिर भण्डारी, सपना लामिछाने, रोमा न्यौपानेका साथमा नव प्रस्तुतीको करिष्मा श्रेष्ठको अभिनय रहने छ ।
पटक–पटक बिबादमा आउने गरेकी अभिनेत्री सुमिना घिमिरे र निर्देशक नारायण पुरीको चलचित्रमा बिशेष भूमिका रहने छ ।
सलोन फिल्मस्को प्रस्तुतिमा शोभित बस्नेतले निर्माण गर्न लागेको प्रेमकथामा आधारित ‘एउटा साथी’मा कथा, पटकथा तथा संवाद सुशील पंगेनीको छ ।
रंग पत्रकार एवं निर्देशक सुवेदीले आफूले पहिलो पटक निर्देशन गर्न लागेको भन्दै उत्साहित भएको जनाए ।
‘चलचित्र मेरो पहिलो पाईला हो,’ सुबेदीले भने, ‘तपाईहरु सबैले यसै गरी साथदिनु भयो भने म सयौं पाइला हिड्न सक्छु ।’ उत्कृष्ट र मनोरञ्जनात्मक चलचित्र बनाउने आफ्नो पहिलो प्रयास रहेको उनको भनाई छ ।
‘लक्षण सुबेदीलाई बिश्वास गरेर मैले चलचित्रमा ५० लाख लगानी गर्न लागेको छु,’ सोभितले भने । उनले चलचित्र राम्रो बन्नेमा आफू आशावादी रहेको बताए ।
संगीतकार समेत रहेका गायक टंक बुढाथोकी र गायिका सुधा रत्नले गीतगाएर उपस्थित अतिथि तथा सञ्चारकर्मीलाई मनोरञ्जन प्रदान गरे ।
चलचित्र पत्रकार संघका अध्यक्ष बिदुर गिरी, अभिनेता भुवन केसी, निर्देशक/कलाकार रमेश बुढाथोकी, निर्माता/नायक नवल खड्कालगायतले पत्रकार सुबेदीलाई शुभकामना दिए ।
निर्माता/नायक रोज राणा, गजित बिस्ट, अर्जुन जंग शाहीलगायत थुप्रै सेलिब्रेटी तथा रंग पत्रकारहरुको कार्यक्रममा उपस्थिति थियो ।
काठमाडौं, पोखरा र जोमसोमलगायतका स्थानमा चलचित्रको छायाँकन गरिने छ ।

प्रतिक्रिया