निर्वाचन प्रक्रिया रोक्ने प्रस्ताव अस्वीकार

Dev-Gurungकाठमाडौं, २९ साउन । सरकार र नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चावीच भएको वार्ता विनाकुनै निष्कर्ष सक्किएको छ ।
ललितपुरस्थित एक होटेलमा आज (मंगलबार) भएको वार्तामा मोर्चाले सरकार विघठन र निर्वाचन प्रक्रिया रोक्न अडान लिए पछि बैठक विनाकुनै निष्कर्ष स्थगित भएको हो ।
नेकपा–माओवादीका सचिव देव गुरुङले मंसिर–४ गतेको निर्वाचन सार्नुपर्ने प्रस्ताव राखेको जानकारी दिए । यद्यपि, ३३ दलीय मोर्चाको सो प्रस्तावलाई सकारले अस्वीकार गरिदिएको छ ।
मोर्चाले निर्वाचन प्रक्रिया रद्द गर्नुपर्ने, दलीय सरकार गठन हुनुपर्ने, २५ बुँदे बाधा अडकाउ फुकाउ आदेशको खारेजीलगायतका माग राख्दै आएको छ ।
सञ्चारमन्त्री माधव पौडेलले मंसिर–४ गतेको चुनाव गर्ने गरी हरेक विषयमा वार्ता गर्न तयार रहेको बताए ।
वार्तामा मोर्चाका तर्फबाट नेकपा–माओवादीका सचिव गुरुङको नेतृत्वमा ३३ दलका नेता सहभागी थिए । सरकारका तर्फबाट वार्ता टोली संयोजक एवं गृहमन्त्री माधवप्रसाद घिमिरे, सञ्चारमन्त्री पौडेल र स्वास्थ्यमन्त्री विद्याधर मल्लिकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया