पहिरोले घर बगाउँदा सातजनाको मृत्यू

Ramechhap-Ko-Pahiroदोलखा, २९ साउन । रामेछाप जिल्लामा अविरल बर्षासँगै झरेको पहिरोले पुरिएर सातजनाको मृत्यू भएको छ ।
खिम्ती–४, शिवालयमा आज (मंगलबार) विहान चार बजे माथिबाट पहिरो झरेर ९ वटा घर र टहरा बगाउँदा सातजनाको मृत्यू भएको प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएर ५५ बर्षीय भीमबहादुर तामाङ, उनकी ४५ बर्षीया श्रीमती बाटुली तामाङ, आमा ७५ बर्षीया आमा बुद्धिमाया तामाङ तथा स्थानीय ५५ बर्षीय मीठू थापा, २३ बर्षीया छोरी स्वस्थानी थापा, १३ बर्षीय छोरा केदार थापाको र १३ बर्षीया सीता सुनुवारको मृत्यू भएको हो ।
घटनामा भीमबहादुर तामाङका छोरीहरु १४ बर्षीया आईमाला तामाङ, १० बर्षीया माईमाला तामाङ, १० बर्षीय छोरा हीमबहादुर तामाङसहित ४ जना महिला र २ जना पुरुष घाइते भएका छन् । उनीहरुको सरक्षाकर्मीले उद्धार गरी उपचारका लागि किर्नेटार अस्पताल दोलखामा पठाएको छ ।
घटनामा भीमबहादुर तामाङका १२ बर्षीय छोरा ढल्के तामाङ बेपत्ता छन् ।
सोही पहिरोका कारण मन्थली–काठमाडौं सडक खण्ड पूर्ण रुपमा अवरोध भएको छ । सुरक्षाकर्मी पहिरोमा परेकाहरुको उद्धारमा सक्रिय रहेको छ ।

प्रतिक्रिया