रुकुममा पहिरोले तीनवटा घर पुरिए

Rukum Districtरुकुम, २८ साउन । रुकुम जिल्लामा लगातारको वर्षासँगै झरेको पहिरोले तीनवटा घर पुरिएका छन् ।
पहिरोले भलाक्चा गाविसका तीनवटा घर परेको प्रहरीले जनाएको छ । वडा नम्वर पाँचमा पर्ने ८ वटा घुम्ती पसल पनि पुरिँएका छन् । पहिरो आइतबार राति करीब सवा १ बजे झरेको हो ।
पहिरोले स्थानीय मोहन ओली, नारायण ओली, देउराम खत्रीको घर पुरिएका हुन् । घर र घुम्ती पुरिए पनि मानवीय क्षती भएको छैन ।
पहिरो खस्ने सम्भावना देखेपछि स्थानीयहरु राति नै घर छाडेर भागेका थिए । घरमा रहेका सवै सामाग्री पहिरोले पुरिएका छन् । घम्ती पुरिँदा आवागमनमा अबरोध पुगेको छ ।

प्रतिक्रिया