मागका सम्बन्धमा साझा धारणा बन्न सकेन

4 dal ka neta

काठमाडौं, २८ साउन । उच्चस्तरीय राजनीतिक समितिले आन्दोलनरत दलहरुसँग साउन महिना भरि वार्ता र सम्वाद गर्ने सहमति गरेको छ ।
नयाँ बानेश्वरमा आज (सोमबार) बसेको समिति बैठकले आन्दोलनरत दलहरुसँग वार्ता गरी निर्वाचनमा उनीहरुलाई सहभागी गराउने सहमति गरेको एमाओवादीका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यद्यपि, बैठकले आन्दोलनरत दलहरुका मागका बिषयमा भने साझा धारण बनाउन सकेन । नेकपा–माओवादीले निर्वाचनको प्रक्रिया रोकेर दलीय सरकार बनाई चुनावमा जान प्रस्ताव गरेको छ ।
त्यसै गरी, समितिले असन्तुष्ट दलहरुसँग साउन–३० गते वार्ता गर्ने निर्णय गरेको श्रेष्ठले बताए ।
असन्तुष्ट दलहरुले उठाएका माग पूरा गर्न सकिने र नसकिने वियायको सूची पनि समितिले बनाउने भएको छ ।
संविधानसभा निर्वाचन प्रक्रियाको विरोध गरिरहेका नेकपा माओवादी, मधेसी जनअधिकार फोरम नेतृत्वको मोर्चा र संघीय समाजवादी पार्टीले समितिलाई यस अघि नै आ–आफ्ना माग पेश गरिसकेका छन् ।

प्रतिक्रिया