खानेपानीका कर्मचारीको गेष्ट हाउसमा मृत्यू

काठमाडौं, २६ साउन । काठमाडौंको सुन्धारास्थित गेष्ट हाउसमा बसेका खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दार्चुलाका कर्मचारीको मृत्यू भएको छ ।
दार्चुला जिल्ला खलंगा–२ घर भएका ४७ बर्षीय देव कार्कीको आज (शनिबार) सुन्धारामा रहेको सोनी गेष्ट हाउसमा मृत्त फेला परेको प्रहरीले जनाएको छ ।
साउन १४ गतेदेखि बाढी पीडितहरुका लागि सरकारसंग राहत माग लिएर आएका उनको साथीहरुसंग सुतेकै स्थानमा मृत्त भेटिएका हुन् ।
कार्कीको मुटु सम्बन्धि रोगबाट मृत्यू भएको हुन सक्ने प्रारम्भीक अनुमान छ ।

प्रतिक्रिया