गणतान्त्रिकका पदाधिकारीद्धारा राजीनामा

काठमाडौं, २६ साउन । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका तीनजना पदाधिकारीहरुले पदबाट राजीनामा दिएका छन् ।
नेतृत्वले निर्वाचनको तयारी नगरेको भन्दै सहअध्यक्ष वीपी यादव, उपाध्यक्ष सीताराम अग्रहरी र कोषाध्यक्ष ईकबाल अहमदले आज (शनिबार) राजीनामा दिएका हुन् । उनीहरुले राजीनामा पत्र राजधानीस्थित पार्टी कार्यालयमा बुझाएको जनाए ।
गणतान्त्रिक फोरम छाडेका उनीहरु महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गर्ने तयारी गरेको बुझिएको छ ।

प्रतिक्रिया