बलत्कार पछि बालिका बेहोस

Balatkar 4रौतहट, २६ साउन । रौतहट जिल्लामा बलत्कार पछि एक बालिका बेहोस भएकी छन् ।
बेहोस अवस्थामा रहेकी बालिकालाई उद्धार पछि अस्पताल लगेर उपचार गरिएको छ । बिहीबार राति पिपरा गाविस वडा नम्वर चार निवासी १३ वर्षीय सरिता यादव (नाम परिवर्तन) बच्चा महतोले बांसघारीमा लगेर बलत्कार गरेको प्रहरीले जनाएको छ ।
बलत्कारको अभियोगमा प्रहरीले भौलाही–३ का २१ बर्षीय महतोलाई पक्राउ गरेको छ ।
पीडित बालिकालाई बांसघारीमा स्थानीयले बेहोस अवस्थामा फेला पारेका थिए ।

प्रतिक्रिया