कोइराला, यादव र यचुरीवीच भेटबार्ता

नयाँ दिल्ली, २५ साउन । कांग्रेसका सभापति सुशील कोइरालासँग जनता दल युनाइटेडका अध्यक्ष शरद यादव र भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका पोलिटब्यूरो सदस्य सीताराम यचुरीले भेटवार्ता गरेका छन् ।
नयाँ दिल्लीस्थित अध्यक्ष यादवको निवासमा भएको सामूहिक भेटमा नेपालको संविधानसभा निर्वाचनका विषयमा छलफल भएको हो । यादव र यचुरीले मंसिर–४ को चुनाव हुनुपर्नेमा जोड दिएको कोइरालाका सहयोगी लक्ष्मण ढकालले जानकारी दिए ।
भेटमा राष्ट्रिय कांग्रेसका महासचिव डीपी त्रिपाठी, जनता दलका वरिष्ठ नेता केसी त्यागी पनि सहभागी थिए ।

प्रतिक्रिया