कार्यकर्ता छुटाउन गरिएको बन्द फिर्ता

Tarun Dal

काठमाडौं, २५ साउन । चितन घटनाका सम्बन्धमा छानविन गर्न नेपाल तरुण दलले तीन सदस्सीय छानविन समिति गठन गरेको छ ।
राजधानीमा आज (शुक्रबार) बसेको तरुण दलको सचिवालय बैठकले कमल पराजुलीको संयोजकत्वमा तीन सदस्सीय छाननिव समिति गठन गरेको केन्द्रीय सदस्य जन्मजय तिमल्सिनाले जानकारी दिए । समितिमा सरिता केसी र नवीन सिंह सदस्य छन् ।
समितिले चितवनमा आफ्ना दुई नेता पक्राउ परेका सम्बन्धमा आन्तरिक छानविन गर्ने तिमल्सिनाले जानकारी दिए ।
केही दिन अघि भारतीय नागरिकलाई कुटपिट गरेको अभियोगमा प्रहरीले तरुण दलका दुई जना नेतालाई पक्राउ गरेको थियो । पक्राउ परेका नेतालाई रिहाईको माग गरेर तरुण दलले जिल्ला बन्द गर्दै आएको थियो ।
बन्दले सयौं सवारी साधन र यात्रुले सास्ती बेहोर्नु परेको थियो ।
यसैबीच, आजको चितवन बन्द फिर्ता भएको छ । तरुण दलका पक्राउ परेका दुई नेतालाई रिहाईको माग गरेर कांग्रेस जिल्ला कार्यसमितिले बन्दको आह्वान गरेको हो । केन्द्रको निर्देशन पछि बन्द फिर्ता भएको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया